भिडियो

खुसिकाे खबर ! रेखा थापाले राेकेरै छाेड्ने भइन एर्पाेटकाे ज्यादती: सेयर गराै

केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गतिविधिलाई लिएर निकै बहस र चर्चा भइरहेको छ। नेपाल आउने हवाइ यात्रुले व्यक्तिगतरूपमा ल्याएका समान विमानस्थलमा मनलाग्दी हिसाबले जफत भइरहेका टिप्पणी सामाजिक सञ्जालमा फैलिएका छन्। विदेशमा काम गर्न गएकाहरूले घर फर्किँदा ल्याएको चकलेट र कपडासमेत जफत गरिनु ‘नचाहिने काम’ भन्दै आलोचना र आक्रोशले सामाजिक सञ्जाल तताएको छ। हामीले यही विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरसँग जिज्ञासा राख्यौं। ठाकुरले भने तोकिएको नियमअनुसार सुन र रक्सीबाहेक अरु कुनै सामान जफत नगरिएको बताए। झिटीगुण्टा सम्बन्धी ऐनअनुसार कुनै एक व्यक्तिले ल्याउन पाउने अधिकतम सीमाभन्दा बढी ल्याएको रक्सी र सुनमात्र जफत हुन्छ। अरु सामानको हकमा भन्सार तिरेर लिन सक्ने व्यवस्था छ। अर्थात्, तपाईंले एक लिटरभन्दा बढी रक्सी ल्याएको भए त्यो जफत हुन्छ। तर तोकिएभन्दा बढी चकलेट ल्याए कर तिरेर ल्याउन सक्नुहुनेछ। ‘कानुनअनुसार हामीले रक्सी र सुनमा कडाइ गरेकै हो। तर सामाजिक सञ्जाल र केही समाचारमा भनिए जस्तो अरू सबै अफवाह मात्र हुन्,’ ठाकुरले सेतोपाटीसँग भने, ‘कर तिरेर सामान लैजान नचाहनेहरू धेरै हुन्छन्। ती सामान यहीँ थुप्रिन्छ। यसले पनि भ्रम फैलाएको हुन सक्छ।’

यस विषयमा पूरा जानकारी नहुँदा नकारात्मक सन्देश गएको ठाकुरको भनाइ छ। नेपाली कामदारको दैनिक जीवनमा प्रयोग हुने सामान पनि जफत गरिएको भन्दै विभिन्न तरिकाले विरोध भइरहेको छ। केही दिनअघि मात्र अभिनेत्री रेखा थापाले समेत यसबारेमा श्रममन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराएकी थिइन्। ‘नेपाली श्रमिकहरू फर्किँदा ल्याउने दैनिक जीवनोपयोगी सामान कानुनले निर्वाध ल्याउन सक्ने व्यवस्था गरेको छ। रक्सी र सुनमा भने कडाइ छ,’ ठाकुरले भने, ‘हामीले कानुन कार्यान्वयन मात्र गरेका छौं।’ कानुनी व्यवस्थाअनुसार अहिले एउटा यात्रुले १ लिटर मात्र मदिरा ल्याउन पाउँछ। त्योभन्दा बढी भए सिधै जफत हुन्छ। गत पुसदेखि यो व्यवस्था कडाइका साथ लागू गरिएको हो। सुरूमा धेरै रक्सी जफत भए पनि अहिले कम हुँदै गएको ठाकुर बताउँछन्। ‘अहिले दिनमा ५ बोतल जति जफत भइरहेको छ,’ उनले भने, ‘अब तोकेभन्दा बढी रक्सी ल्याउनेहरू कम भइसके।’ कामदारका मदिरा जफत गरिएको भन्दै केहीले आलोचना गरेका छन्। तर सबभन्दा बढी मदिरा बैंकक, हङकङ, नयाँ दिल्लीजस्ता गन्तव्यबाट आइरहेको भन्सार कार्यालयका उपसचिव चुडाराज सापकोटाले जानकारी दिए। ‘हामीले को श्रमिक र को पर्यटक वा व्यापारी भनेर तथ्यांक त राख्दैनौं। तर सबभन्दा बढी मदिरा यस्ता गन्तव्यबाट आउनेबाट जफत भएको छ जहाँबाट कामदार फर्किँदैनन्। दुबई र दोहाबाट आउने पनि धेरैजसो ट्रान्जिटबाट आएका हुन सक्छन्। कोटाभन्दा बढी अरू सामानको हकमा तत्काल ४० प्रतिशत भन्सार शुल्क तिरेर सामान छुटाउनसक्छन्। यसका लागि लामो प्रक्रिया हुँदैन,’ ठाकुरले भने। अहिले कुनै पनि नेपाली यात्रुले आउँदा एउटा नयाँ मोबाइल ल्याउन पाउँछन्। प्रयोग गरिरहेका २ वटा पनि ल्याउन पाउँछन्। कुल ३ वटा मोबाइल ल्याउन पाउने सुविधा भयो। अब एकभन्दा बढी नयाँ मोबाइल ल्याए त्यसको बिलमा भएको मूल्यको ४० प्रतिशत भन्सार तिरेर यात्रुले लिन पाउँछन्।

प्रयोग गरेका पुराना कपडाबाहेक १५ वटा नयाँ कपडा ल्याउन पाउने सुविधा छ। खाद्यान्न तथा चकलेटजस्ता वस्तु पनि ७ किलोसम्म ल्याउन पाउँछन्। हामीले यसबारे केही यात्रुसँग पनि प्रतिक्रिया लिएका थियौं। तीमध्ये अधिकांशले टिभी ल्याएका थिए। वैदेशिक रोजगारीमा गएको एक वर्ष पुगेपछि ३२ इन्चसम्मको टिभी भन्सार छुटमा ल्याउन पाइन्छ। त्योसँगै केहीले स्मार्ट फोन ल्याएका थिए। उनीहरूले रक्सी नल्याएको र कुनै सामान जफत नभएको प्रतिक्रिया दिएका थिए। ठाकुरले पछिल्लो समय विशेषगरी यूट्युब र फेसबुकमा विमानस्थलको कामकारवाही र आफू विरुद्ध घृणा फैलाउने काम भएको बताए। ‘विगत केही दिनदेखि फेसबुकमा मेरो फोटो राखेर तनाथाम गाली गरेको देख्छु। मैले कानुन कार्यान्वयन मात्र गरेको हुँ। यसमा मलाई व्यक्तिगतरुपमै प्रहार गरियो,’ उनले भने, ‘यतिसम्म भ्रम सिर्जना गरिएको छ कि, हिजो बेलुका म सात बजे अफिसबाट घर फर्किएँ। त्योलगत्तै सबैको फोन आउन थाल्यो। कसले हो भारतको विमानस्थलको फोटो राखेर त्रिभुवन विमानस्थलमा हात हालाहाल भयो भनेर यूट्युबमा भिडियो हालेछ। आगोसरी फैलिएपछि फोनको ओइरो लागिहाल्यो। कुनै नबुझी, प्रस्ट नभई कुनै कुराको पछि लाग्ने बानी विकास भएको छ। यो घातक छ।’ विमानस्थलको भन्सारमा सुरक्षा सतर्कताका लागि गरिएको परीक्षणलाई पनि अपमानको रुपमा व्याख्या गरिएकोमा भन्सार प्रमुख ठाकुरले दुःख व्यक्त गरे। ‘यहाँ कामदारको ज्याकेट खोल्न लगाइयो भनेर कुरा उठाइएको छ। ज्याकेट, बेल्ट, पर्सजस्ता कुरा विमानस्थलमा खोलिन्छ जुन हाम्रो सुरक्षा सतर्कताका लागि हो,’ उनले भने, ‘यसलाई भावनासँग जोडेर प्रचार गरिनु राम्रो होइन। सुरक्षामा सम्झौता गरिनुहुन्न।’

Related Articles